arrow

एलजीले थाल्यो ‘नयाँ वर्ष बाडौं हर्ष’ अभियान  

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ९ बुधबार
cg-bamper.jpg

काठमाडौं । नेपालको शीर्ष घरेलु उपकरण कम्पनी एलजी इलेक्ट्रोनिक्सको नेपालमा उत्पादनहरुको आधिकारिक वितरक सीजी इलेक्टोनिक्सले एलजीको नयाँ वर्ष अभियान ‘यो नयाँ वर्ष, बाडौँ हर्ष’ सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरुले एलजी होम इन्टरटेनमेन्ट र एलजी होम एप्लायन्सका उत्पादनहरु खरिद गर्दा आकर्षक नगद छुट वा निश्चित उपहारहरु प्राप्त गर्न सक्नेछन् । 

ग्राहकहरुले यो अफर चैत ९ गतेदेखि सीमित अवधिका लागि देशभर पाउने छन् । ग्राहकहरुले एलजी ओएलईडी टीभी, एलजी यूएचडी टीभी, एक्सबुम सिरिज, भ्याकुम क्लिनर, सिंगल डोर रेफ्रिजिरेटरको खरिदमा आकर्षक नगद छुट जित्न सक्नेछन् । ग्राहकले साइड बाइ साइड र फ्रेन्च डोर फ्रिज खरिद गर्दा निश्चित रुपमा निःशुल्क एयर फ्राइर वा ह्युमिडिफायर प्राप्त गर्न सक्ने सीजीले जनाएको छ । 

त्यसैगरी डबल डोर रेफ्रिजेरेटर किन्दा उपहार सेट वा ह्यान्ड ब्लेन्डर, माइक्रोवेभ ओभन किन्दा एमडब्लूओ कुकिंग किट, फ्रन्ट लोड वाशिङ मेसिन (९ केजी र माथि ) किन्दा इन्डक्सन कुकर वा न्युट्रिब्लेन्डर,  फ्रन्ट लोड वाशिङ मेसिन ( ८ केजी ) किन्दा एरियल म्याटिक डिटर्जेन्ट (६ केजी ) पाउनेछन् । 

टप लोड–ट्विन टब वासिङ मेसिनको खरिदमा आइरन र डिशवासरको खरिदमा डिशवासर ट्याब्लेट प्राप्त गर्न सक्ने सीजीले जनाएको छ ।     

यो अभियानले क्यासेट र स्प्लिट एसी र फ्लोर स्ट्यान्डिङ एसी खरिद गर्दा चार हजार रुपैयाँको निःशुल्क जडान उपलब्ध गराउने बताइएको छ ।

त्यस्तै, ग्राहकले पीएम १.० एयर प्युरिफायर गर्दा निःशुल्क एयर फ्रायर प्राप्त गर्न सक्ने सीजीले प्रेस विज्ञप्ति जारी गरी जानकारी गराएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ