arrow

एकैदिन ११ सय रुपैयाँले बढ्यो सुनको मूल्य 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १० बिहिबार
gold-final-2022.jpg

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य एक हजार एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको एक लाख तीन सय रुपैयाँमा कारोबार भएको छ ।

बुधबार सुन तोलाको ९९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुनको भाउ तोलाको ९९ हजार आठ सय रुपैयाँ निर्धारण भएको छ ।  

चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँले बढेको छ । बुधबार एक हजार तीन सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार तीन सय ७५ रुपैयाँ कायम भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ