- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारका केही मन्त्री फेरिए पनि गठबन्धन सरकारमा खासै परिवर्तन नहुने बताएका छन् । अध्यक्ष नेपालले वर्तमान गठबन्धन सरकारले नै तीनै तहको निर्वाचन सम्पन्न गर्ने उल्लेख गर्दै सरकारका केही मन्त्री फेरिए पनि गठबन्धन सरकारमा कुनै खासै परिवर्तन नहुने बताए ।
जनकपुर पुगेका अध्यक्ष नेपालले एमालेसँग तालमेल नहुने बताए । अध्यक्ष नेपालले भने, “एमालेसँग कुनै प्रकारको तालमेल गर्ने सम्भावना छैन । एमालेका नेताको अभिव्यक्ति र व्यवहारका कारण न त उहाँहरूसँग तालमेल हुन्छ न त अन्य कुनै प्रकारको सहकार्य नै हुन्छ । ”
नेपालले गठबन्धनभित्र ‘विन-विन’को सिद्धान्तका आधारमा चुनावी तालमेल हुने बताए । उनले भने, “गठबन्धनमा रहेका दलबीच विन-विनको सिद्धान्तका आधारमा चुनावी तालमेल गर्ने गरी छलफल भइरहेको छ ।”