arrow

आदिवासी जनजाति महासंघको अध्यक्षमा कांग्रेस निकट शेर्पा विजयी

logo
सन्जय भट्टराई,
प्रकाशित २०७८ चैत ११ शुक्रबार
sherpa.jpg

कावासोती । आदिवासी जनजाति महासंघको दशौंं महाधिवेशनमा नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त प्यानल विजयी भएको छ । कावासोतीमा शुक्रबार बिहान सम्पन्न महाधिवेशनले अध्यक्षमा कांग्रेसका गेल्जे लामा शेर्पा (सिन्धुपाल्चोक) र महासचिवमा एमालेका दिवश राई सहितको टिमलाई विजयी गराएको हो । 

अध्यक्षमा कांग्रेस, एमालेको संयुक्त प्यानल र माओवादी केन्द्र र संघीय समाजवादीको अर्को गठबन्धन बनाएर उम्मेदवारी परेको हो । २१ सदस्यीय पदाधिकारी रहेको केन्द्रीय समिति चयन भएको हो । 

वरिष्ठ उपाध्यक्षमा बुद्ध घर्ती, उपाध्यक्षहरु युवराज जिरेल, ध्यानी उराव, क्षेत्रबहादुर थकाली, गम्भीर सिंह गुरुङ भोटे, लाक्पा शेर्पा, लहरी जिमी र श्रुती कुमाल निर्वाचित भएका छन् । महाधिवेशनबाट उपमहासचिवमा रामकृष्ण लामा ब्लोन तामाङ चुनिएका छन् ।

८ जना सचिव निर्विराध निर्वाचित गरेको महाधिवेशनले विमल सारु मगरलाई कोषाध्यक्षमा चयन गरेको छ भने रिदार नोसाङ भोटे सहसचिवमा निर्विरोध भएका छन् ।

उपमहासचिव रामकृष्ण लामा, कोषाध्यक्षान विजय शारु मगर र ८ जना सचिवसहित केन्द्रीय सदस्यहरु निर्विरोध चयन भएका छन ।

अध्यक्षमा शेर्पाले ४४ मत र प्रतिद्धन्दी सोनम लामाले ८ मत पाएका थिए । त्यसैगरी महासचिवमा एमालेका तर्फवाट उम्मेदवार दिवश राईले ३६ मत र शुखवीर धामीले १५ मत पाएका थिए । 

नेपालमा आदिवासी जनजातिका ५९ जातजाति सूचिकृत रहेको छ । तीमध्ये ५४ जातजातिका एक एक जना प्रतिनिधि मतदाता रहने ब्यवस्था छ । 

महाधिवेशनमा ५४ जातजातिका प्रतिनिधि सहभागी थिए । महाधिवेशनमा पदाधिकारी नपाएको भन्दै थारु समुदायका मतदाताले बहिस्कार गरेको बताइएको छ ।

पहिचान सहितको संघियता र स्वायत्तताका लागि संविधान संशोधन हाम्रो आन्दोलन ,आदिवासी अधिकारका लागि नविन सामाजिक सहमतिको पक्षमा १० औं महाधिवेशन भन्ने नाराका साथ बुधबार कावासोतीमा शुरु भएको थियो । 

महाधिवेशनको उद्धघाटन गृहमन्त्री बालकृष्ण खाँडले गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ