arrow

पाकिस्तान: बलपूर्वक बेपत्ता पारिएकाहरुको न्यायको माग गर्दै बलुच विद्यार्थीहरुद्वारा धर्ना

logo
एजेन्सी,
प्रकाशित २०७८ चैत ११ शुक्रबार
balochistan-pak-students.jpg

लाहोर। बलुच विद्यार्थीहरूले लाहोर र इस्लामाबादमा शनिबार बेपत्ता पारिएकाहरुलाई न्यायको माग गर्दै लगातार धर्ना दिइरहेका छन्। द बलुचिस्तान पोष्टका अनुसार बेपत्ता पारिएकाका साथी विद्यार्थी हाफिज बलोच र अन्यको सुरक्षित रिहाइको लागि विरोध प्रदर्शन गरिएको हो।

विरोध प्रदर्शन इस्लामाबादमा पनि भइरहेको छ। विवरण अनुसार इस्लामाबाद नेसनल प्रेस क्लब अगाडि बलुच स्टुडेन्ट्स काउन्सिल इस्लामावादको विरोध शिविर राखिएको छ। जसमा विभिन्‍न विद्यार्थी संगठन, पत्रकार र मानवअधिकारकर्मीहरुको सहभागिता रहेको छ। उनीहरू बलुच विद्यार्थीहरूलाई जबर्जस्ती बेपत्ता पारिएको विरोधमा प्रदर्शन गरिरहेका छन्।

अर्कोतर्फ, लाहोरमा बलुच विद्यार्थी परिषद्ले पनि एक र्‍यालीको आयोजना गर्दै न्यायको माग गरिरहेका छन्। उक्त र्‍यालीमा ठूलो संख्यामा विद्यार्थी र अन्य राजनीतिक र मानवअधिकार संगठनका सदस्यहरूले भाग लिएका थिए।

उनीहरूले राज्यले बलपूर्वक बेपत्ता पारिएका विद्यार्थीहरूको रिहाइ नभएको र इस्लामावादमा बलुच विद्यार्थीहरू विरुद्धको हिंसा र उनीहरूविरुद्ध प्रहरी एफआईआर दर्ता गरेको भन्दै निन्दा गरेका छन्।

यसअघि इस्लामाबाद प्रहरीले मंगलबार बेपत्ता विद्यार्थीको रिहाइको माग गर्दै प्रदर्शन गरिरहेका बलूच विद्यार्थीहरूलाई बल प्रयोग गरेर तितरवितर पार्न खोज्दा झडप भएको थियो।

विद्यार्थीहरूका अनुसार सादा लुगा लगाएका अधिकारीहरूले उनीहरूको मोबाइल फोन खोसेको र विरोध शिविर भत्काइदिए स्थानीय मिडियाले रिपोर्ट गरेका छन्।

शान्तिपूर्ण आन्दोलनमा उत्रिएकाहरुलाई प्रहरीले अनावश्यक रुपमा हातपात र कुटपिट गरेको विद्यार्थी कार्यकर्ताहरुको दाबी छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ