arrow

विश्व बैंकले नेपाललाई दियो १८ अर्ब ३० करोड ऋण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ११ शुक्रबार
worldbank.gif

काठमाडौं । विश्व बैंकले नेपालका लागि करिब १८ अर्ब ३० करोड (१५ करोड अमेरिकी डलर) रुपैयाँ सहुलियत ऋण स्वीकृत गरेको छ। विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले मार्च २४ मा वित्तीय क्षेत्रको स्थायित्व सुदृढ गर्न स्वास्थ्य शिक्षा पुर्वाधार लगायतका क्षेत्रमा लगानी गर्न पाउने गरी यो सहुलियत ऋण रकम स्वीकृत गरेको हो।महिलाहरुलाई वित्तीय साक्षरता जगाउन एवं हरित विकासको अवधारणा अनुरुप याे ऋण स्वीकृत भएको हो । 

ऋण स्वीकृत भएपछि बैंकका नेपाल र माल्दिभ्स हेर्ने नेपालका आवासीय प्रतिनिधि फारिस हदाद जेर्भोसले, 'यो सहयोगले नेपालको अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्नेछ, यस्तै निजी क्षेत्र र दिगो विकासका आयोजना अघि बढाउन समेत मद्दत पुग्ने' बताएका छन्।

कोभिड-१९ को महामारीको संकटले नेपालमा तरलताको समस्यासमेत देखा परेका बेला यसले केही राहत प्रदान गर्ने विश्व बैंकको अपेक्षा छ । यस्तै नेपालको अर्थतन्त्र चलायमान बनाउन पनि याे रकमले सहयोग पुग्ने विश्वास विश्व बैंकले गरेको छ।



नयाँ