arrow

भारतका लागि नेपाली राजदूत डा शर्माले लिए शपथ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ११ शुक्रबार
shankar-prasad-sharma.jpg

काठमाडौं । भारतका लागि नेपाली आवासीय राजदूत डा शङ्करप्रसाद शर्माले शपथ लिएका छन् । उनलाई  राष्ट्रपति विद्यादेवी भण्डारीले आज पद तथा गोपनीयताको शपथ गराएकी हुन् । 

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीले राजदूत डा शर्मालाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । 

समारोहमा परराष्ट्रमन्त्री डा नारायण खड्का उपस्थित थिए । 

नेपाल सरकारको सिफारिसमा यही चैत ६ गते राष्ट्रपति भण्डारीले डा शर्मालाई गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी थिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ