arrow

अफगानिस्तानमा ३२ जना आइएसका लडाकू मारिए

logo
प्रकाशित २०७३ साउन २७ बिहिबार
afganisthan.jpg.jpeg
जलालावाद । अफगानिस्तानको पूर्वी नान्गहार प्रान्तको आचे जिल्लामा भएको कारबाहीका क्रममा कम्तीमा पनि ३२ जना आइएसका लडाकू मारिएको समाचार छ । 
 
सो कारबाहीका क्रममा ३२ जना लडाकू मारिनुका साथै अरु कम्तीमा पनि दुई दर्जन लडाकू घाइते भएका बताइएको छ । गएको २४ घन्टाभित्र यहाँको सेना र प्रहरीले गरेको कारबाहीका क्रममा ती लडाकू मारिएका समाचारमा जनाइएको छ । 
 
ती आइएस लडाकू बिभिन्न जिल्लाबाट जम्मा भएको सूचनाको आधारमा गरिएको कारबाहीमा मारिएका अफगानिस्तानको गृहमन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ । 
 
सो विज्ञप्तिमा जनाइएअनुसार आइएसको चलखेल पछिल्लो समयमा विभिन्न स्थानबाट भएको खबरका आधारमा आचे जिल्लामा नियमित कारबाही सुरु गरेको बताएको छ । सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ