arrow

रोहितको रेकर्ड 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ११ शुक्रबार
rohit-poudel.jpg

काठमाडौं । रोहित पौडेल कीर्तिमानी नेपाली ब्याट्सम्यान बनेका छन् । उनले एक दिवसीय क्रिकेटमा एकै इनिङ्समा सबैभन्दा बढी रन बनाउने नेपाली खेलाडीको कीर्तिमान रचेका छन् । 

उनले एक दिवसीय अन्तराष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने नेपाली खेलाडीको कीर्तिमान पनि बनाएका छन् । त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा रोहितले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध १ सय २६ को शतकीय इनिङ्स खेल्दै एक इनिङमा सर्वाधिक रन बनाउने खेलाडी बनेका हुन् ।

रोहितले पारस खड्काको १ सय १५ रनको सर्वाधिक रनको इनिङ्सलाई पछि पार्दै कीर्तिमान बनाएका हुन् । उनले उक्त क्रममा १०७ बलको सामना गरेका थिए , उक्त क्रममा उनले ७ चौका र ४ छक्का प्रहार गरेका थिए ।  

उनी सर्वाधिक रन जोड्ने खेलाडी पनि बनेका छन् । उनले पूर्व कप्तान ज्ञानेन्द्र मल्लले जोडेको ४८० रनलाई उछिनेर निकै अगाडि पुगेका हुन् । १२६ रन बनाएर आफ्नो रेकर्ड तोडिएपछि पूर्व कप्तान पारसले ‘नतिजालाई परबाह नगरी राम्रो खेल्यौ रोहित पौडेल’ भनी ट्वीटरमा लेखेका छन् । 

नतिजा भने फरक रह्यो । नेपालले खेल छ रनले हारेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ