arrow

वीर अस्पताल ट्रेड युनियनले बुझायो ४४ बुँदे माग पत्र, यस्ता छन् मागहरु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ११ शुक्रबार
birodh-khatiwada-dipak-mudbhari.jpg

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको आधिकारिक ट्रेड युनियन चिविराप्र कर्मचारी युनियन वीर अस्पतालले ४४ बुँदे माग पत्र पेश गरेको छ । युनियनले स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं प्रतिष्ठानका सहकुलपति विरोध खतिवडाका साथै स्वास्थ्य सचिव डा. रोशन पोखरेललाई बुझाइएको जनाएको छ ।

माग पत्रमा स्वायत्त प्रतिष्ठान ऐनको कार्यान्वयन, प्रतिष्ठान सभाको माग, दीक्षान्त समारोह, प्रतिष्ठान सेवा आयोग गठन,  प्रतिष्ठान सेवातर्फको ओएनएम सर्व, नयाँ सर्जिकल भवनमा  कम्तीमा १०० बेड आईसीयूसहित पूर्ण रुपमा संचालन, दुवाकोट परियोजना निर्माण कार्यमा तीव्रता, ब्रिगिएका उपकरण मर्मत र संचालन, आकस्मिक सेवा विस्तार र गुणस्तरीय लगायत छन् । 

त्यस्तै रेडियोलोजी, सर्जरी र आईसीयू सेवा छिटो छरितो र गुणस्तरीय बनाउन निर्देशन र अनुगमन, शिक्षक तथा कर्मचारी वृद्धिविकास र स्तर वृद्धि प्रतिष्ठान सेवाको शिक्षक तथा कर्मचारीलाई  जिम्मेवारी दिँदा समानता, ट्रमा सेन्टर तथा कर्मचारी सम्बन्धमा सर्वोच्च अदालतको आदेशको कार्यान्वयन, सेवा विस्तार भत्ता, उपदान कोष सञ्चालन, ऐनेस्थेसिया तथा प्याथोलोजी भत्तामा समानतालगायत मागहरुका बारेमा प्रतिष्ठान पदाधिकारीलाई आवश्यक निर्देशन दिनसमेत माग गरेको छ ।

युनियनले लामो समयदेखि प्रतिष्ठान पदाधिकारी समक्ष अस्पताल सुधार र कर्मचारी हक हितको आवाज उठाए पनि प्रतिष्ठान पदाधिकारीले कुनै सुनुवाइ नगरेकाले प्रतिष्ठानका कुलपति एवं  प्रधानमन्त्री, सहकुलपति तथा स्वास्थ्य मन्त्री र स्वास्थ्य सचिव समक्ष ज्ञापन पत्र पेश गर्नु परेको युनियनका सचिव दीपक मुडभरीले बताए ।   

ज्ञापन पत्र बुझ्दै स्वास्थ्य मन्त्री एवं सहकुलपति खतिवडाले तत्काल पूरा हुने मागलाई प्रतिष्ठान पदाधिकारीलाई निर्देशन दिने र नीतिगत कुरामा प्रतिष्ठान सभामा लैजाने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ