arrow

सेन्साई को "नयाँ वर्ष, भाग्यको वर्षा" योजना सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १२ शनिबार
sensei-cg.jpg

काठमाडौँ। जापानमा इन्जिनियरिङ गरिएको नेपाली इलेकट्रोनिक्स ब्राण्ड सेन्साईले नजिकिइरहेको नेपालीहरूको नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै "नयाँ वर्ष, भाग्यको वर्षा" नामक योजना हालै बजारमा सार्वजनिक गरेको छ।

उक्त योजना अन्तर्गत सेन्साई ब्राण्डका कुनै पनि सामानको खरिदमा लक्की ड्र अन्तर्गत आकर्षक उपहारहरू जित्न सकिने कम्पनीले जनाएको छ। यस वर्ष आफ्नो भाग्य चम्काउने मौका सेन्साईले दिएको छ।

कम्पनीका अनुसार यस योजना अन्तर्गत ११ जना भाग्यशालीले बम्पर उपहारका साथै अरू आकर्षक उपहारहरू जित्न सक्नेछन्। एक भाग्यशाली ग्राहकले बम्पर उपहारमा यामाहा एफजी बाईक, दुई भाग्यशाली ग्राहकहरूले एप्पल म्याकबूक एयर ल्यापटप, तीन भाग्यशाली ग्राहकहरूले एप्पल आइफोन १३ र पाँच भाग्यशाली ग्राहकहरूले एप्पल आइप्याड जित्न सकिने छ।

साथै सेन्साईले आफ्नो विभिन्न सामानहरूमा विभिन्न किसिमका वारेन्टीहरू र निःशुल्क डेलिभरी पनि प्रदान गर्नेछ। सेन्साईका सामानहरूको खरिद गरे पश्चात् ग्राहकहरूले आफूलाई लक्की ड्रमा सहभागी गराउन SENSEI टाइप गरी आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको वारेन्टी कार्ड नम्बर लेखि ३१००३ मा एस्एमएस् गर्नु पर्नेछ।

कम्पनीले यो योजना चैत्र १०, २०७८ देखि सीमित अवधिका लागि लागू गरिएको छ। सेन्साई ब्रान्डको आधिकारिक बिक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इओएल रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ