arrow

नयाँ वर्षको टिसिएलमय सुरुवात !

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १२ शनिबार
tch-cg-offer.jpg

काठमाडौँ। आइएचएसबाट प्रमाणित विश्वको दोस्रो ठुलो टिभी ब्राण्ड टिसिएलले "नयाँ वर्षको टिसिएलमय सुरुवात!" योजना सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत ग्राहकहरूले टिसिएलका होम इन्टरटेनमेन्ट र होम एप्लायन्सका उत्पादनहरू खरिद गर्दा आकर्षक नगद छुट वा निश्चित उपहारहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

ग्राहकहरूले यो योजना चैत्र ११ गतेदेखि सीमित अवधिका लागि नेपाल भरी पाउने कम्पनीले जनाएको छ। ग्राहकहरूले टेलिभिजनको खरिदमा रु.५९,००० सम्मको छुट पाउन सक्नेछन् भने कर्भड टेलिभिजनको खरिदमा रु.१९,००० को छुटका साथै १ थान टिभी स्टिक उपहार पनि पाउन सक्नेछन्। त्यस्तै वाशिङ मेसिन खरिदमा रु.२७,४०० सम्मको छुटका साथै ६ केजीको एरिअल वशिङ पाउडर उपहार पनि पाउन सक्नेछन्।

त्यस्तै, रेफ्रिजरेटरको खरिदमा रु.३३,४००को  छुटका साथै केन्टको ओजोन एअर प्युरिफाएर  उपहार पनि पाउन सक्नेछन्। त्यस्तै गरी एअर कन्डिसनरको खरिदमा रु.५३,७०० सम्मको  छुटका साथै रु ४,००० बराबरको नि:सुल्क एसि जडान सुविधा पनि पाउन सक्नेछन्। र साथै वाटर डिस्पेन्सरको खरिदमा रु.४,९०० सम्मको  छुट र चेस्ट फ्रिजरको खरिदमा रु.१४,८००  सम्मको  छुट पाउन सक्नेछन्।

यसका साथै कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो  र शून्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गरेको छ।

नेपाल अधिराज्यभर टिसिएल ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेकट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ। सिजी इलेकट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरूलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ।

कम्पनीका सिजी डिजिटल शोरुमहरू काठमाडौँ भित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, कीर्तिपुर, रबिभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार र काठमाडौँ बाहिर इटहरी, हेटौँडा, भरतपुरमा रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ