arrow

तिक्त सम्बन्धबीच जापानले गर्‍याे चिनियाँ डुङ्गाको उद्धार, चीन दंग

logo
प्रकाशित २०७३ साउन २७ बिहिबार
china-news-pp.jpg.jpeg
एजेन्सी ।   तिक्त सम्बन्धबीच इस्ट चाइना सी नजिक डुबेको एक चिनियाँ फिसिङ डुङ्गाको जापानी समुन्द्री तट रक्षक टोलीले उद्दार गरेको छ। डुङ्गा जापानी समय अनुसार ५ बजे डुबेको थियो। 
 
उक्त स्थानमा रहेको एक टापुको विवादलाई लिएर यी दुई मुलुकबीचको सम्बन्धमा देखिएको खटपट अहिले पनि उस्तै छ। सो टापुलाई चीन र जापान दुवैले आफ्नो भएको जिकिर गर्दै आएका छन् । चीनले सो टापुलाई डाययु र जापानले सेन्काकु नामाकरण गरेका छन् । 
 
जहाज डुबेपछि उद्धारमा जुटेका जापानी समुन्द्री तट रक्षक टोलीले ६ जना चिनियाँ कार्यदलका सदस्यहरूको जीविर्तै उद्धारगरेको छ, भने हराएका अन्य ८ जनाको खोजी कार्य समेत जारी राखेको छ।
 
जापानको यो कार्यलाई निकै प्रशंसनीय भन्दै बेजिङले टोकियोलाई धन्यवाद दिएको छ । जापानको सहयोग देखेर चीन दंग परेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ