arrow

अमेरिकी मात्रै हैन बेलायती पूर्व सैनिकसमेत युक्रेनमा रुसविरुद्ध लड्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १२ शनिबार
british-military-ukraine.jpg

काठमाडौं। युक्रेनमा रुसी आक्रमणविरुद्ध लड्न विभिन्न मुलुकबाट नागरिकहरु त्यहाँ गएका छन् । यसअघि अमेरिकी भेटेरन सैनिक युक्रेनमा अग्रपङ्तिमा लडिरहेको भिडियो सार्वजनिक भएको थियो ।

अमेरिकी मात्रै नभइ पूर्व बेलायती सैनिक शेन म्याथ्यूजसमेत युक्रेनमा रुसविरुद्ध लडिरहेका छन् । युक्रेनको राजधानी कीभको उत्तर पश्चिममा रहेको इरपिनमा कमाण्डर ओलेग इकाईबाट म्याथ्यूज रुसविरद्ध लडिरहेका छन् ।

चिकित्सकसमेत रहेका स्नाइपर शेनले युद्धका क्रममा त्यहाँ कयौं मानिसहरु मरिरहेको देखेको बताएका छन् । यसबीच रुसले रणनीतिमा स्पष्ट परिवर्तन गर्दै डोनबासलाई पूर्ण रूपमा कब्जा गर्न केन्द्रित भएको बताएको छ ।

उता युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्किीले कतारको दोहा फोरममा भिडियो उपस्थिति जनाउँदै ऊर्जा उत्पादक देशहरूलाई उत्पादन बढाउन आह्वान गरेका छन् ।

रूसले आफ्नो तेल र ग्याँसलाई लिएर अन्य राष्ट्रहरूलाई ब्ल्याकमेलगर्न नसकोस् भन्दै उनले ग्याँस र तेलको उत्पादन बढाउन आग्रह गरेका हुन् ।

उता टोकियोले दाबी गरेका टापुहरूमा रुसले अभ्यास गरिरहेको जापानी मिडियाले रिपोर्ट गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ