arrow

‘सिजी स्मार्ट होम, नयाँ वर्षको सुरुआत’ स्किम

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १३ आइतबार
cg-smart-home-.jpg

काठमाडौँ। नेपालकै सबैभन्दा ठुलो र नं १ इलेकट्रोनिक्स ब्रान्ड सिजीले आउँदै गरेको नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै ‘सिजी स्मार्ट होम, नयाँ वर्षको सुरुआत’ नामक नयाँ वर्षको स्किम बजारमा ल्याएको छ । यस स्किम अन्तर्गत अब ग्राहकहरूले सिजी ब्रान्डका विभिन्न इलेकट्रोनिक्स सामानहरूको खरिदमा रु.४९,९०० सम्मको आकर्षक क्यास ब्याक तथा अन्य विभिन्न पक्का उपहारहरू प्राप्त गर्न सक्नेछन् ।

नेपालको उत्कृष्ट ब्रान्डका रूपमा प्रस्तुत सिजी ब्रान्डको यो स्किमसँगै नेपालीहरूको नयाँ वर्ष झनै हर्ष र उल्लासमय हुने कम्पनीले विश्वास लिएको छ । उक्त स्किम अन्तर्गत ग्राहकहरूले सिजी ब्रान्डका ५५ इन्च वा सो भन्दा माथिका टिभीको खरिदमा ५,१९० बराबरको आकर्षक सिजीको स्पिकर र ५० इन्च सम्मका टिभीको खरिदमा आकर्षक क्यास ब्याक प्राप्त गर्नेछन् । त्यसै गरी मल्टी डोर साइड बाइ साइड रेफ्रिजेरेटरहरूको खरिदमा रु ४, ६४० मूल्य बराबरको आकर्षक सी.जी.को इन्डक्सन चुल्हो प्राप्त गर्नेछन् । 

सिजी ब्रान्डका डबल डोर रेफ्रिजेरेटरको खरिदमा भने रु १,५५० बराबरको सिजी भ्याक्युम फ्लास्क र सिङ्गल डोर रेफ्रिजेरेटरको खरिदमा आकर्षक क्यास ब्याक उपहार प्राप्त गर्नेछन् । 

यसै गरी सिजी ब्रान्डका फ्रन्टलोड वाशिङ मेशिनहरूको खरिदमा ६ केजी एरियल पाउडर, सेमी अटोमेटिक तथा टप लोडिङ वाशिङ मेशिनको खरिदमा २ केजी एरियल पाउडर र स्टिम बास डिशवाशरको खरिदमा डिशवाशर किट प्राप्त गर्नेछन् । 

सिजी. ब्रान्डका मल्टी मिडिया, साउन्ड बार र ट्रली जस्ता अडियो सिस्टमका खरिदमा आकर्षक क्यास ब्याक र माइक्रो ओभनको खरिदमा ग्राहकहरूले खाना पकाउने आकर्षक सामग्रीहरू प्राप्त गर्ने छन् । 

यो स्किम अन्तर्गत सिजी ब्रान्डका फ्लोर स्ट्यान्डिङ– सिलिङ क्यासेट– स्प्लीट वाईफाई इन्भर्टर एसीका खरिदमा रु ४,००० बराबरको निःशुल्क जडान सेवा र चेस्ट फ्रिजर, एयर कुलर, भ्याक्युम क्लिनरका खरिदमा आकर्षक क्यास ब्याक उपहार प्राप्त गर्ने छन् ।

यो आकर्षक योजना कम्पनीले यही चैत १० गतेदेखि देशभरमा सीमित अवधिका लागि लागू गर्ने जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ