arrow

सर्लाहीको फुलजोर पुलबाट बस खस्यो : ४ जनाको मृत्यु, ३ दर्जन बढी यात्रु घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १३ आइतबार
fuljor-pul.jpg

फुलजोर । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फुलजोर खोलाको पुलबाट बस खसेको छ । बस खोलाको पुलबाट बगरमा खसेको हो । 

वीरगन्जबाट जनकपुरतर्फ जाँदै गरेको ना. ४ ख ८५५५ नम्बरको यात्रु बस आइतबार बिहान सवा ११ बजे पुलबाट तल खसेको हो ।

बस खस्दा ४ जनाको मृत्यु भएको छ भने ३ दर्जन बढी घाइते भएका छन् ।

मृतक ४ जनाको शव पोस्टमार्टमका लागि मलंगवा पठाइएको र घाइतेहरूको लालबन्दी र रानीगंज स्थित स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । 

तत्काल घाइतेको उद्धार गरि उपचार गराउनु पर्ने भएकाले मृतक र घाइतेको यकिन विवरण केही पछि मात्र आउने प्रहरीले जनाएको छ । 

बसको अगाडीको चक्का पड्किएर अनियन्त्रित भई पुलबाट तल खसेको बताइए पनि अनुसन्धान भइरहेको प्रहरीले जनायो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ