'गेट सेट गोडरेज'योजना सार्वजनिक, २१ प्रतिशतसम्म क्याशब्याक
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १४ सोमबार
935
Shares
काठमाडौँ। ६४ वर्षको इतिहास बोकेको इन्डियाको नम्बर एक रेफ्रिजरेटर ब्रान्ड गोडरेजले यो नयाँ वर्षलाई लक्षित गरी 'गेट सेट गोडरेज' नामक योजना सार्वजनिक गरेको छ।
यस योजना अन्तर्गत ग्राहकहरूले गोडरेजले होम एप्लायन्सहरुको खरिदमा आकर्षक क्यासब्याक र उपहारहरू प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। ग्राहकहरूले यो योजनाको लाभ चैत्र १३ गतेदेखि सीमित अवधिका लागि नेपाल अधिराज्य भरि उठाउन सकिने कम्पनीले जनाएको छ।
ग्राहकहरूले हरेक गोडरेजको सामानको खरिदमा २१ प्रतिशतसम्मका छुट र आकर्षक उपहारहरू पाउन सक्ने छन्। फ्रोन्ट लोड वाशिङ मेसिनको खरिदमा आकर्षक छुटको साथै ६ केजी एरियल वशिङ पाउडर र टप लोड वाशिङ मेसिनको खरिदमा आकर्षक छुट सँगै २ केजी एरियल वशिङ पाउडर पनि पाउन सकिनेछ भने माइक्रोवेभ ओवनमा आकर्षक छुटको साथै कूकिङ किट उपहार पाउन सकिनेछ।
त्यस्तै, रेफ्रिजरेटर, एअर कूलर, छोटुकूल, चेस्ट फ्रीजर, एसी र भाईरोशिल्डको खरिदमा पनि आकर्षक छुट पाउन सकिने कम्पनीले जनाएको छ। एसीमा आकर्षक छुट र रु ४,००० बराबरको निस्सुल्क एसी जडान सुविधा पाउन सकिनेछ। यसका साथै कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो र शून्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गरेको छ।
नेपाल अधिराज्यभर गोडरेजको ब्रान्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेकट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ। सिजी इलेकट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरूलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ।
कम्पनीका सिजी डिजिटल शोरुमहरू काठमाडौँ भित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, कीर्तिपुर, रबिभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार र काठमाडौँ बाहिर इटहरी, हेटौँडा, भरतपुरमा रहेका छन्।