arrow

चैत २५ देखि बालबालिकालाई टाइफाइड विरुद्धको खोप

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १४ सोमबार
ministry-of-health-1618304803.jpeg

काठमाडौं ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक वर्ष तीन महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने भएको छ । 

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार देशभरि नै एक वर्ष तीन महिनादेखि १५ वर्षमुनिका बालकालिकालाई आगामी चैत २५ देखि वैशाख १८ गतेसम्म टाइफाइड विरुद्धको खोप लगाइने भएको हो । 

मन्त्रालयले अभिभावकलाई नजिकैको खोप केन्द्रमा गई सो खोप लगाउनका लागि आग्रह गरेको छ । उक्त अभियानमा बालबालिकालाई एक मात्रा टाइफाइड विरुद्धको खोप प्रदान गरिने छ । उहाँले यसअभियान पश्चात अबदेखि नियमित खोप कार्यक्रममा टाइफाइड खोप पनि समावेश गर्ने जनाकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ