arrow

विदेशमन्त्रीसँगको भेटवार्ता लगत्तै इजरेलका प्रधानमन्त्रीलाई संक्रमण

logo
एएफपी,
प्रकाशित २०७८ चैत १४ सोमबार
israel-naftali-bennett.jpg

जेरुसेलम । इजरेलका प्रधानमन्त्री नाफ्ताली बन्नेटलाई कोरोनाभाइरसको संक्रमण भएको छ । प्रधानमन्त्रीको कार्यालयले सोमबार दिएको जानकारी अनुसार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकनसँगको भेटवार्ता भएलगत्तै उनलाई संक्रमण पुष्टि भएको हो ।

“हिस्टोरिक समिट” का क्रममा उनीहरूका बीचमा आइतबार साइडलाइन भेटवार्ता भएको अधिकारीहरूले जनाएका छन् । समिति इजरेलको जेरुसेलममै भएको थियो ।

उनले अस्वस्थ महसुस गरेपछि एकान्तवास मै रहेर आफ्ना काम गरिरहेको र तत्काल अरुसँग भौतिक सम्पर्कमा नरहने निर्णय गरेको जनाइएको छ ।  

उनी त्यसअघि इजरेलकै उत्तरी सहर हाडेराको भ्रमणमा पनि गएका थिए। त्यहाँ इस्लामी स्टेटका लडाकुहरूको आक्रमणमा परी दुई प्रहरी मारिएका थिए ।

घटनाका बारेमा उनले आइतबार राती रक्षा तथा सार्वजनिक सुरक्षा मन्त्री, सेना प्रमुख र अन्य उच्च सरकारी अधिकारीहरूसँग पनि छलफल गरेका थिए ।



नयाँ