arrow

मोदीले देउवालाई दिए भारत भ्रमणको निम्तो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १४ सोमबार
deuba-modi1.JPG

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत भ्रमणको निम्ता दिएका छन् । प्रधानमन्त्री बनेपछि देउवा पहिलो पटक भारतको औपचारिक भ्रमणमा जाने भएका हुन्।

 मोदीको निमन्त्रणा स्वीकार गर्दै देउवा श्रीमती आरजु राणासहितको टोली लिएर चैत १८ गते नयाँ दिल्ली प्रस्थान गर्नेछन्। प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच चैत १९ गते शनिवार भेटवार्ता हुनेछ।

भ्रमणको क्रममा  प्रधानमन्त्री देउवा मोदीको निर्वाचन क्षेत्र  बनारस पनि भ्रमण गर्ने छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ