arrow

तीन दिने भारत भ्रमणमा जाँदै प्रधानमन्त्री देउवा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १४ सोमबार
deuba-modi.PNG

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा यहीँ चैत १८ गते भारत भ्रमणमा जाने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले प्रधानमन्त्रीकाे तीन दिने भारत भ्रमण तय भएको जानकारी दिएकी हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवा र उनकी पत्नी डा आरजु देउवाले अप्रिल १ देखि ३ सम्म भारत भ्रमण गर्ने भारतीय विदेश मन्त्रालयले समेत जनाएको छ।

प्रधानमन्त्री देउवाले पछिल्लो पटक कार्यभार सम्हालेयता भारतको यो पहिलो औपचारिक भ्रमण हुनेछ । प्रधानमन्त्री देउवाले १९ गते भारतीय प्रधानमन्त्री मोदी र उपराष्ट्रपतिलाई भेट्ने छन् ।
 
भ्रमणको क्रममा  प्रधानमन्त्री देउवा मोदीको निर्वाचन क्षेत्र  बनारस पनि भ्रमण गर्ने छन् । यस्तै नयाँ दिल्लीका औपचारिक कार्यक्रमपछि देउवाले उत्तर प्रदेश (युपी)को वाराणसीको भ्रमण गर्ने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ