arrow

ब्लाक्क प्लस डेक्करको अफरै अफरको ‘बिग डिलाइट’ योजना सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १४ सोमबार
big-delight-1111.jpg

काठमाडौं । नम्बर १ अमेरिकन ब्रान्ड ब्लाक्क प्लस डेक्करले यो नयाँ वर्षलाई लक्षित गरी ‘बिग डिलाइट’ नामक योजना सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत ग्राहकहरुले ब्लाक्क प्लस डेक्करको साना होम एप्लायन्सहरुको खरिदमा विभिन्न आकर्षक उपहारहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । 

ग्राहकले यो योजनाको लाभ चैत १३ गतेदेखि सीमित अवधिका लागि नेपालभर उठाउन सकिने कम्पनीले जनाएको छ । ग्राहकले ब्लाक्क प्लस डेक्करको एअर ह्युमिडिफायरको खरिदमा एभरेष्ट अरोमाको अरोमा किट (ओएल) निःशुल्क प्राप्त गर्न सक्नेछन् भने माइक्रोवेभ ओभनको खरिदमा कुकिङ किट निःशुल्क प्राप्त गर्न सक्नेछन् ।

त्यसैगरी ब्लाक्क प्लस डेक्करको अरु सबै सामानहरुको खरिदमा गुणस्तरीय किचेन एप्रोन निःशुल्क प्राप्त गर्न सकिने छ । ब्लाक्क प्लस डेक्करको आकर्षक उपहार योजनाका साथै आफ्नो सबै सामानहरुमा आकर्षक छुट पनि रहेको छ ।

अन्तर्राष्ट्रिय ब्रान्ड ब्लाक्क प्लस डेक्करका उत्पादनहरु टिकाउ र भरपर्दो रहेको, यी उत्पादनहरुको प्रयोगले उपभोक्ताको जनजीवन सहज भइरहेको र ब्लाक्क प्लस  डेक्करले प्रविधिको क्षेत्रमा नवीन आयाम थप्दै आफ्नो शुरुआती दिनहरूदेखि नै नेपाली बजारमा सर्वाधिक लोकप्रियता बटुल्दै आइरहेको कम्पनीले दाबी गरेको छ।

ब्लाक्क प्लस डेक्कर ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुप रहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ