arrow

पाथीभरा देवीको दर्शनका क्रममा बेहोस भएर ढले ढुङ्गाना

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १४ सोमबार
Pathibhara--devi.jpg.jpeg

ताप्लेजुङ । पाथीभरा देवीको दर्शनका क्रममा अचानक बेहोस भएर ढलेका एक तीर्थयात्रीको आज निधन भएको छ । 

बिहान मन्दिर परिक्रमा गर्ने क्रममा सुनसरीको इटहरी नगरपालिका– ९ का खिनबहादुर ढुङ्गानाको निधन भएको हो । 

प्रहरीका अनुसार ६० वर्षीय ढुङ्गाना मन्दिर परिक्रमा गर्ने क्रममा अचानक भूइँमा ढलेकोमा प्राथमिक उपचार केन्द्र फेदीबाट गएका स्वास्थ्यकर्मीद्वारा प्रारम्भिक उपचार भई थप उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो । 

अस्पतालले ढुङ्गानालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । पाथीभरा मन्दिर जानेक्रममा लेक लागेर स्वास्थ्यमा समस्या आएको हुनसक्ने स्थानीयवासीको अनुमान छ । 

ढुङ्गाना आफ्नो परिवार र नातागोतासहित मन्दिरको दर्शनका लागि माथिल्लो फेदीमा बास बसेर आज बिहान मन्दिर पुगेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ