arrow

वीर अस्पतालले थाल्यो रगतजन्य वंशानुगत रोगको निःशुल्क उपचार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १४ सोमबार
bir-hospital-genetics-haematology-service-2078-12-14.jpg

काठमाडौं । नेपालको सबैभन्दा पुरानो अस्पताल वीर अस्पतालले रगतजन्य वंशाणुगत रोगहरुको उपचार थालेको छ । पहिलो पटक वीर अस्पतालले रगतजन्य वंशाणुगत रोगका लागि सोमबार वार्डको उद्घाटन गरेको हो । 

अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा. भुपेन्द्र बस्नेतले एक कार्यक्रमकाबीच ‘मेडिकल जेनेटिक्स एन्ड हेमाटोलोजिकल डे केयर एन्ड फ्री ट्रिटमेन्ट अफ हेमाटोलोजिकल जेनेटिक डिजिज’ को उद्घाटन गरेका हुन् । 

नेपाल सरकारबाट मान्यताप्राप्त एक जनामात्र विज्ञ चिकित्सकबाट यो सेवा शुरु गरिएको हो । विशेषज्ञ डा. निलम ठाकुरका अनुसार उनलाई सहयोग गर्न अर्का एक जना चिकित्सक छन् । 

डा. ठाकुरले पहिलो पटक वीर अस्पतालले यो सेवा शुरु गरेको र आगामी दिनमा अन्य सेवाहरु पनि विस्तार गरिने बताइन् । उनले भनिन्, ‘बिरामीहरु धेरै छन् उनीहरुलाई एडजस्ट गर्नु गाह्रो कुरा हो । आज पहिलो दिन नै धेरै जना बिरामीहरु आउनु भयो ।’

उनका अनुसार अहिले १० बेडको डे केयरबाट यो सेवा शुरु गरिएको छ । आगामी दिनमा सेवा थप विस्तार हुँदै जानेछ । 

त्यो त्यस्तो रोग हो जसका कारण मानिसको शरीरमा रगत नै बन्दैन । अहिले अस्पतालले बिरामीको उपचारदेखि औषधि सबै निःशुल्क उपलब्ध गराउने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ