arrow

दुरा र तामाङ भाषा प्रशिक्षण शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १५ मंगलबार
dura.jpg

पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा दुरा र तामाङ भाषा प्रशिक्षण शुरु भएको छ । दुरा मातृभाषा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका वडा नं. १० मा शुरु गरिएको हो । 

दुरा समाज र हाँडीखोला समाजको सहकार्यमा भएको भाषा प्रशिक्षणमा २५ जना प्रशिक्षार्थी सहभागी भएको प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए । 

प्रशिक्षक मुक्तिप्रसाद अधिकारी रहेका छन् । दुई महिनासम्म सञ्चालन हुने प्रशिक्षण कार्यक्रमको शुभारम्भ गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीले गरे ।

यस्तै, तामाङ मातृभाषा प्रशिक्षण पोखरामा गरिएको छ । नेपाल तामाङ घेदुङ कास्की र नेपाल तामाङ घेदुङ पोखरा महानगर समितिसँगको सहकार्यमा प्रशिक्षण कार्यक्रम भएको हो । 

दीपक तामाङले दिने प्रशिक्षणमा ३० जना सहभागी छन् । गण्डकी प्रदेश सरकारका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले प्रशिक्षण शुभारम्भ गरे ।

गण्डकी प्रज्ञा प्रतिष्ठानले स्थापित जाती विस्तापित भाषा नाम दिएर प्रशिक्षण कार्यक्रम गरिरहेको छ । प्रतिष्ठानले यो वर्ष पाँच जातीका भाषाका कक्ष संचालन गर्ने लक्ष्य राखेको छ ।

जसअनसार गुरुङ समुदायको भाषा प्रशिक्षण पुस १५ गतेबाट र नेवार समुदायको भाषा प्रशिक्षण कार्यक्रम चैत्र १ गतेबाट सञ्चालन गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ