arrow

भाट समाज कास्कीमा सूर्य

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १५ मंगलबार
Surya Bahadur Ranabhat.jpg

पोखरा । रानाभाट/भाट समाज नेपाल कास्कीको कृस्तीका सूर्यबहादुर रानाभाट निर्वाचित भएका छन्। समाजको १३ औं साधारणसभा तथा छैटौं अधिवेशनबाट सूर्य अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

समाजको वरिष्ठ उपाध्यक्षमा नरेशकुमार बन्जरा, उपाध्यक्षमा प्रतिभा रानाभाट र अन्जु रानाभाट, सचिवमा सूर्यप्रसाद बन्जरा, सहसचिवमा एकेन्द्र बन्जरा, कोषाध्यक्षमा रेशमबहादुर रानाभाट निर्वाचित भए ।

यसैगरी सदस्यमा विमला रानाभाट, श्रीराम रानाभाट, एकदेव रानाभाट, लक्ष्मण रानाभाट, सञ्जयकुमार रानाभाट, गंगा रानाभाट, वासुदेव रानाभाट, विष्णुकुमारी रानाभाट, भूपेन्द्र रानाभाट, ढकबहादुर रानाभाट, पद्मा रानाभाट, सीता रानाभाट र शम्भु अधिकारी छन् ।

नवनिर्वाचितहरुलाई पूर्व केन्द्रीय अध्यक्ष खड्गबहादुर रानाभाटले शपथ ग्रहण गराए । निर्वाचन समितिमा केन्द्रीय सदस्यहरु श्रीबहादुर रानाभाट, ठाकुर रानाभाट र नरेन्द्र रानाभाट, गण्डकी प्रदेश अध्यक्ष चन्द्रबहादुर रानाभाट, पत्रकार कृष्ण रानाभाट रहेका थिए ।

कार्यक्रममा शिक्षामा विशिष्ठ योगदान गरेवापत फिस्टेल एकेडेमीका संस्थापक प्राचार्य चिनु रानाभाट, कृस्तीका डा. मीनबहादुर रानाभाट, भाट समाजको पुनःजागरण समय २०६४ देखि अनवरत समाजमा योगदान गरेबापत पश्चिमाञ्चल क्षेत्रीय समिति पूर्व सचिव असफल गौतम, पूर्व कोषाध्यक्ष कृष्ण रानाभाट, सहसचिव विकास रानाभाट, अभियान्ता विष्णु रानाभाट, कास्की जिल्ला पूर्व अध्यक्ष बुद्धिबहादुर रानाभाटलाई सम्मान गरिएको थियो ।

समाजका अध्यक्ष रमेश रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष श्रीधर रानाभाटले स्वागत र संचालन सचिव रुद्रबहादुर रानाभाटले गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ