arrow

न्यायिक समितिको महासंघमा मञ्जु अध्यक्ष

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १५ मंगलबार
manjudevi-gurung-nyayik-samiti-mahasangh-president.jpg

पोखरा । न्यायिक समितिको राष्ट्रिय समिति गठन भएको छ । पोखरामा सम्पन्न राष्ट्रिय सम्मेलनले पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङको संयोजकत्वमा ११ सदस्यीय न्यायिक समिति महासंघ गठन गरेको हो । 

समितिमा विराटनगरकी उपमेयर इन्दिरा कार्की, धरानकी उपमेयर मन्जु भण्डारी, धुलिखेलकी बिमलाकुमारी शर्मा फलेवासकी मञ्जु अधिकारी सदस्य छन् ।

कन्चनपुर पुनर्वासकी शारदा शर्मा विष्ट, सिम्ता गाउँपालिका उपाध्यक्ष चन्द्रकला शाही, रिव्दीकोटकी लक्ष्मी खनाल, सबैला नगरपालिका उपमेयर दुर्गा प्रसाद राय, जैमिनी नगरपालिका उपमेयर लिला थापा राना र इन्द्रावती गाउँपालिका उपाध्यक्ष रविन्द्र कुमार खाती सदस्य छन् ।

समितिले न्यायिक समितिका अनुभव साझेदारी गर्ने तथा संविधान र ऐनको प्रभावकारी कार्यान्वयनमा सघाउने बताइएको छ । १४ बुँदे घोषणापत्र जारी गर्दै सम्मेलन समेत सकिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ