arrow

निर्वाचनका लागि कल सेन्टर : ११०२ मा गुनासो गर्न सकिने 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १५ मंगलबार
election-commission-nepal.jpg

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि स्थापना गरिएको ‘कल सेन्टर’ आजदेखि औपचारिकरुपमा सञ्चालनमा ल्याइएको छ ।

 निर्वाचनका सिलसिलामा नागरिक, मतदाता र सरोकारवालाको जिज्ञासा, गुनासो, उजुरी र प्रश्नलाई आयोगका तर्फबाट सम्बोधन गर्न उक्त कल सेन्टर सञ्चालनमा ल्याइएको हो ।

 विगतमा ११ अङ्क नम्बर रहेको टोलफ्री सञ्चालनमा आएकामा सेवाग्राहीको हितलाई ध्यानमा राखेर आयोगले यस पटक चार अङ्कको टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको छ । कल सेन्टरमा नौ जनाशक्ति खटाइएको छ । आगामी स्थानीय तहको निर्वाचनसँग जोडेर सेवाग्राहीका जिज्ञासा आउने क्रम पनि बढेको छ ।
 
निःशुल्क टोल फ्रि नम्बर ११०२ रहेको कल सेन्टर शुभारम्भ गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले टेलिफोनमार्फत सेवाग्राहीले सोधेका जिज्ञासालाई सम्बोधन गरे ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले कल सेन्टरमा सेवाग्राहीबाट आउने जिज्ञासा र गुनासालाई शिष्ट भाषामा सम्बोधन गर्न निर्देशन दिए । निर्वाचनसँग सरोकार राख्ने व्यक्ति वा संस्थाले आफूलाई आवश्यक पर्ने तथ्यको तत्कालै जानकारी प्राप्त गर्न सकोस् भन्ने हेतुले आयोगले विगतदेखि नै निर्वाचनका बेला कल सेन्टर सञ्चालन गर्दैआएको हो । 

“सबै मतदाताले मतदानका विषयमा निःशुल्क र सरलरुपमा जानकारी प्राप्त गरुन र आफूले चाहेको उम्मेदवारलाई निर्भयपूर्वक मतदान गर्न सकुन भन्नेमा आयोगले विशेष ध्यान पुर्‍याउँदै आएको छ”, उनले भने,“कलसेन्टर मतदाताको आकर्षणको निम्ति हो । सेन्टरमा जवाफ दिने भूमिकामा रहनुभएकाले पनि सुझबुझका साथ विनम्र भएर जवाफ दिनु होला ।”

आयोगका प्रवक्ता शालिग्राम शर्माले कल सेन्टरमा खटिएका कर्मचारीलाइ सेवाग्राहीबाट आउने जिज्ञासा र गुनासोलाई बुझिने भाषामा सरलरुपमा सम्बोधन गर्न सुझाव दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ