arrow

मेसिन सरसफाइका लागि पशुपति बिस्कुटको उत्पादन बन्द

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १६ बुधबार
pashupati-biscuit-logo.png

काठमाडौं । लामो इतिहास बोकेको सुनसरीको दुहबीमा संचालित श्री पशुपति बिस्कुट इण्डष्ट्रिज प्रालि १५ दिनका लागि बन्द गरिएको छ ।प्रतिष्ठित औद्योगिक घराना चौधरी ग्रुपको इतिहाससँग जोडिएको यो बिस्कुट उद्योगको उत्पादन प्रक्रिया १५ दिनका लागि बन्द गरिएको हो । 

बिस्कुट पकाउने ओभनहरु जोडिएका मेसिनहरुको मर्मतसम्भार र सरसफाइको उद्देश्यले १५ दिनका लागि उत्पादन रोकिएको बीएलसी होल्डिङ प्रालिका संस्थागत संचार विभाग प्रमुख सोमनाथ बास्तोलाले एक विज्ञप्तिमार्फत प्रष्ट पारेका छन् । 

विज्ञप्तिमा सुनसरीको दुहबीमा २०३० सालबाट संचालित ‘श्री पशुपति बिस्कुट इण्डष्ट्रिज प्रालि’ मेसिनहरुको सरसफाई र केही स्टकहरु समेत क्लियरेन्स भएपछि पुनः उत्पादन प्रक्रिया थालिने जानकारी दिइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ