arrow

काठमाडौंमा मनाइयो ५७ औं आईटेक दिवस 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १६ बुधबार
1 (1).jpeg

काठमाडौं । भारतीय राजदूतावासले काठमाडौंमा ५७ औं भारतीय प्राविधिक एवम् आर्थिक सहकार्य (आइटेक) दिवस मनाएको छ । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले कार्यक्रमको शुभारम्भ गर्दै भारतका विभिन्न प्रतिष्ठित संस्थानहरुबाट उच्च शिक्षा तथा प्रशिक्षण लिएका आईटेकका पूर्व विद्यार्थीहरुलाई स्वागत गरे ।

शिक्षा मन्त्री देवेन्द्र पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रधानसेनापति महारथी प्रभुराम शर्मा पनि विशेष अतिथिका रुपमा उपस्थित भएको भारतीय दूतावासले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।

कार्यक्रममा  राजदूत क्वात्राले प्रधानसेनापति शर्मा र आईटेकका वरिष्ठ अलम्नाइ तथा जनकपुरस्थित मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा. रामकेवल साहलाई सम्मान गरे । 

कार्यक्रममा नेपाली सेनाका अवकाशप्राप्त अधिकृत र जलस्रोत तथा उर्जा आयोगका सचिव दिनेशकुमार घिमिरे लगायतका आईटेक अलम्नाइहरुले भारतका विभिन्न संस्थानहरुमा तालिम लिँदाका दिनहरुको सम्झना गरे । 

त्यस्तै राजदूत क्वात्राले आईटेक अन्तर्गतका विभिन्न प्रशिक्षण कार्यक्रहरुमा नेपाल सबैभन्दा बढी सक्रिय रुपमा सहभागी हुने तथा प्रशिक्षण प्राप्त गर्ने मुलुक रहेको बताए । 

स्थापना भएको ५७ वर्षको अवधिमा आईटेक अन्तर्गतका कार्यक्रमहरुबाट विश्वभरका दुई लाखभन्दा बढी मानिसहरु लाभान्वित भएका छन् । 

त्यस्तै विगत १५ वर्षदेखि नेपालका विशेष आवश्यकताहरु पूरा गर्न विशेष तवरले बनाइएका विशेष आईटेक कोर्ष अन्तर्गत हजारौं नेपाली नागरिकहरुलाई प्रशिक्षण दिइएको छ ।  

कोभिड–१९ महामारीको समयमा पनि नेपाली आईटेक विद्यार्थीहरुको निरन्तरतालाई सुनिश्चित गर्दै ई–आइटेक कोर्षमार्फत निर्वाध रुपमा प्रशिक्षण प्रदान गर्न भारतीय राजदूतावासले चालेका प्रयासहरुको मन्त्री पौडेलले प्रशंसा गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ