arrow

टेलिकमको एमडी नियुक्तिविरुद्धको रिट खारेज, नियुक्ति प्रक्रिया अघि बढ्ने भयो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १६ बुधबार
Nepal-Telecom-NTC.png

काठमाडौं। नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति प्रक्रियाविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ। बुधबार तेजबहादुर केसी र डा कुमार चुडालको संयुक्त इजलासले दुवै मुद्दामा फैसला सुनाउँदै रिट खारेज गरेको हो।

टेलिकमका पूर्व कर्मचारीहरू सुरेन्द्रमान सिंह र डा राजेन्द्र कुमार पोखरेल गत पुस २ गते र ८ गते प्रबन्ध निर्देशक नियुक्ति प्रक्रियाविरुद्ध मुद्दा दर्ता गरेका थिए। यससँगै अब, टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति प्रक्रिया अघि बढ्ने भएको छ।

टेलिकमको प्रबन्ध निर्देशकको नियुक्ति र सेवा सुविधासम्बन्धी निर्देशिका २०७२ मा प्रबन्ध निर्देशकका लागि उमेर ४० पूरा भएर ५८ वर्ष ननाघेको हुनुपर्ने प्रावधान थियो।

यद्यपि, २०७५ मा जारी नयाँ निर्देशिकामा ३५ वर्ष पूरा भएर ५६ वर्ष ननाघेको हुनुपर्ने प्रावधान राखिएको छ । यो मापदण्डकै कारण अनन्तमान सिंहले आवेदन हाल्न नपाउने अवस्था आएको भन्दै सर्वोच्चमा रिट हालेका थिए ।

यस्तै, अर्को प्रावधान नेपाल दूरसञ्चार कम्पनी लिमिटेड वा सोही प्रकृतिको दूरसञ्चार सेवा प्रदायक संस्था वा नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएका संस्था र निकायमा अधिकृत स्तरको पदमा कम्तीमा १२ काम गरेको हुनुपर्ने छ । यद्यपि, यसअघि २०७२ को निर्देशिकामा १५ वर्ष काम गरेको हुनुपर्ने उल्लेख थियो ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक सुनिल पौडेललाई नै टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गर्नकै लागि मापदण्ड फेरिएको भन्दै यसको आलोचना समेत गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ