'राजनीतिक रूपमा स्थिरता दिन सकिएन, दुःखद कुरा हो '
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १७ बिहिबार
636
Shares
काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले नेपालमा राजनीतिक स्थिरता दिन नसकिएको गुनासो गरेका छन् । बिहीबार खनालले भने,'राजनीतिक रूपमा स्थिरता दिन सकिएन । यहाँभन्दा ठूलो दुःखद कुरा केही पनि हुँदैन ।'
उनले अहिले पनि आफूहरूसामु चुनौती रहेको सुनाए । उनले भने,‘व्यापार घाटा झनै बढेको छ। विविध खालका आर्थिक समस्या सामना गर्नुपरेको छ ।'
खनालले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको सफलताको कामना गरे उनले मुलुक अब स्थानीय निकायको निर्वाचनमा प्रवेश गर्न लागेको उल्लेख गर्दै संविधानको कार्यान्वयनको लागि सबैले आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा पनि जोड दिए।
उनले भने,‘हामीले संविधान राम्रो बनाएका छौं । तुलनात्मक रूपमा यो संविधान राम्रो बनाएका छौं । जनक्रान्तिका उपलब्धिलाई संविधानमार्फत संस्थागत गरेका छौं । संविधानको रक्षा सबैले गर्नुपर्छ । ’
निर्वाचनका बारेमा उनले भने 'अब हामी जनताको अदालतमा खडा हुने स्थिति छ । अब प्राप्त हुने जनमतले अग्रगति र स्थिरतातर्फ लैजान मार्गदर्शन गर्छ । आउने निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष ढङ्गले सम्पन्न गर्नुपर्छ ।’