arrow

लक्ष्मी बैङ्क र आईसीआईसीआई बैङ्कबीच सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १७ बिहिबार
Laxmi-Bank-MOU-ICICI-Bank.jpg

काठमाडौँ। लक्ष्मी बैङ्क लिमिटेड र भारतको आईसीआईसीआई बैङ्क लिमिटेड बिच व्यापारिक साझेदारीका क्षेत्रहरू विस्तार गर्ने सम्झौता सम्पन्न छ। सो सम्झौता पत्र लक्ष्मी बैङ्कका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह र आइसिआइसिआइ बैङ्कको नेपालका लागि प्रमुख प्रतिनिधि रञ्जन कुमार थापाले आदानप्रदान गरेका थिए।

उक्त सम्झौताले नेपाल र भारतबीचको परम्परागत अन्तर–बैङ्क भुक्तानीका साथसाथै त्तच् भुक्तानी गरी दुई देशबीच रेमिट्यान्स भुक्तानीको दायारा विस्तार गर्न सहज बनाउने छ। साथै यो सम्झौता दुई बैङ्क बिच मानव संसाधन, प्रविधि र सञ्चालन लगायतका विविध क्षेत्रमा ज्ञान आदानप्रदान गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ