arrow

११३८ मा फोन गरेर बजेटबारे सुझाव दिन मन्त्रालयको आह्वान 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १७ बिहिबार
ministry-finance.PNG

काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष ०७९-८० को बजेट निर्माणका लागि सुझाव सङ्कलन गर्न टोल फ्री नम्बर ११३८ सञ्चालनमा ल्याएको छ । आगामी आबको बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालयले विषयगत छलफलमा बोलाइने विज्ञ र सरोकारवाला क्षेत्रका प्रतिनिधि बाहेक दूर दराजका सर्वसाधारणको सुझावसमेत सङ्कलन गरी बजेटमा सम्बोधन गर्ने प्रयासका लागि टोल  फ्री नम्बर ११३८ सञ्चालनमा ल्याएको हो ।

मन्त्रालयका अनुसार कार्यालय समयमा फोन गरी सर्वसाधारणले आफूलाई  लागेको सुझाव टिपाउन सक्ने व्यवस्था गरिएको छ ।

त्यस्तै मन्त्रालयको वेबसाइटमा रहेको ‘बजेट सजेसन’ मा क्लिक गरेर पनि सुझाव पेस गर्न सक्ने व्यवस्था गरिएको छ भने इमेलमार्फत सुझाव पेस गर्न सकिने व्यवस्था  पनि गरिएको छ  ।

बजेट तथा कार्यक्रमलाई थप प्रभावकारी र कार्यान्वयनयोग्य बनाउन उद्योगी, व्यवसायी, बुद्धिजीवी, राजनीतिज्ञ, समाजसेवी, पेसाकर्मी, सञ्चारकर्मी, आम नागरिक एवं सरोकार राख्ने सबैको सुझाव  महत्त्वपूर्ण हुने भएकाले बजेटमा सम्बोधन गर्नुपर्ने सान्दर्भिक विषयवस्तुहरू चैत मसान्त भित्र लिखित वा मौखिक (टेलिफोन) रूपमा उपलब्ध गराउन अर्थ मन्त्रालयले आग्रह गरेको हो ।

मन्त्रालयले अहिले कृषि, शिक्षा, बैक, वित्तीय संस्था तथा बिमा क्षेत्र, निजी क्षेत्र, अर्थबिद्लगायतसँग नीति तथा कार्यक्रम र बजेटका लागि सुझाव सङ्कलन गरिसकेको छ । मन्त्रालयले हप्तामा दुई वटासम्म छलफल आयोजना गरी विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवाला क्षेत्रका प्रतिनिधिबाट बजेटबारे सुझाव सङ्कलन गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ