arrow

माछापुच्छ्रे बैंकको नयाँ शाखा धनगढीको राजपुरमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १७ बिहिबार
machapuchhre-bank-branch-dhangadi.jpg

धनगढी । माछापुच्छ्रे बैंकले कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नं १३  राजपुरमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ ।उक्त शाखा कार्यालयको बिहीबार धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले एक कार्यक्रमकाबीच उद्घाटन गरे ।

उक्त शाखा उद्घाटन कार्यक्रममा माछापुच्छ्रे बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला पनि उपस्थित थिए । नयाँ शाखासँगै कैलाली जिल्लामा माछापुच्छ्रे बैंकको शाखा संख्या ४ पुगेको छ ।

देशका हरेक वर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नं १३ राजपुरमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको हो । 

नयाँ शाखाहरु मार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ्ग सुविधाहरुको साथमा २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध गराउने छ । 

माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १५७ शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत १३ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।



नयाँ