arrow

युक्रेनी सीमामा रसियाको उच्च सुरक्षा सतर्कता

logo
हाम्रा कुरा
प्रकाशित २०७३ साउन २८ शुक्रबार
bbcrussiauk.jpg.jpeg
किभ । रसियाले यक्रेनको सिमानामा थप सैन्य सतर्कता बढाएको बताएको छ । युक्रेनको पूर्वी भागमा जारी हिंसाका कारण पछिल्लो समयमा युक्रेन र रसियाका बीचमा तनाव उत्पन्न हुदै आएको छ । 
 
रसियाले हालैका दिनहरुमा सो क्षेत्रमा सैनिक तैनाथ गरेको बताइन्छ । तर पनि रसियाले आफ्नो देशको सीमामा यसरी सेना राखेको तर युक्रेनी भूभागमा नराखेको बताउदै आएको छ । 
 
रसियाले क्रिमियामा उत्तेजक क्रियाकलापहरु हुने गरेको भन्दै त्यसका विरुद्धमा सेना राख्नुपरेको बताएको हो । 
तर पनि यसका कारण आफूले तनाव भोग्नु परेको भन्दै रसियाले सीमा क्षेत्रमा सेनाका अतिरिक्त अन्य विभिन्न मापदण्ड पनि अपनाउने जानकारी पनि दिएको छ । 
 
उता युक्रेनी राष्ट्रपति पेट्रो पोरोसेन्कोले पनि बिहीबार मात्र पनि युक्रेनको पूर्वी भूभागमा सेना तैनाथ गर्न आदेश दिएका थिए । 
 
युक्रेनको पूर्वी भूभागमा पछिल्लो समयमा युक्रेनी नागरिकले नै विद्रोह गरिरहेका छन् । रसियाली मूलका युक्रेनी नागरिकले सो पूर्वी भूभागलाई रसियासँग मिलाउनुपर्नै भन्दै माग गर्दै आएका छन् । 
 
सो कार्यका लागि रसियाको घुसपैठ रहने गरेको आरोप युक्रेनको रहेको छ । तर पनि रसियाले भने सो आरोपको खण्डन गर्दै आएको छ । यसअघि युक्रेनले उक्त दङ्गाग्रस्त पूर्वी भूभागमा रसियाको सेना नै रहेको बताएको थियो । सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ