arrow

पाकिस्तानका विपक्षी नेता शरीफद्वारा राष्ट्रिय सभाका सभामुखको आलोचना

logo
एजेन्सी,
प्रकाशित २०७८ चैत १८ शुक्रबार
shahbaz-sharif-pak.jpg

इस्लामाबाद। पाकिस्तानका विपक्षी नेता शाहबाज सरिफले राष्ट्रिय सभाका अध्यक्ष असद कैसरलाई प्रधानमन्त्री इमरान खानको पक्षमा रहेको भन्दै आलोचना गरेका छन्। उनले कैसरलाई होशमा फर्किनसमेत आग्रह गरेका छन्। 

पाकिस्तान प्रजातान्त्रिक आन्दोलन (पीडीएम) का प्रमुख मौलाना फजलुर रहमान र पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का अध्यक्ष बिलावल भुट्टो-जरदारीसँगको संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पीएमएल-एनका अध्यक्ष सरिफले सभामुखको आलोचना गरेका हुन्।

उनले भने, 'लोकतन्त्रलाई जोगाउन भूमिका खेल्‍नुस्। नत्र इतिहासले न त पाकिस्तानका जनताले तपाईँलाई माफ गर्नेछन्।' शरीफले सिन्ध हाउसमा भर्खरै भएको आक्रमणको निन्दा गर्दै भने, 'सिन्ध हाउसमा जे भयो त्यो सानो कुरा थिएन।'

उनले यो आक्रमण सिन्धको अखण्डतामाथि मात्र नभएर पाकिस्तानमाथिको आक्रमण भएको बताए। 'प्रधानमन्त्रीले हामी विपक्षीमाथि घूस लिएको आरोप लगाए पनि सरकारका सहयोगीहरूले हामीले कसैबाट एक पैसा पनि लिएका छैनौँ,' शाहबाजले भने, 'यो अत्यन्तै दुर्भाग्यपूर्ण घटना थियो किनकि दङ्गाइहरूले सिन्ध हाउसमा आक्रमण गरे।'

उनले बलुचिस्तान र आजाद कश्मीरमा 'हर्स ट्रेडिङ' सांसद्को किनबेचमा संलग्न भएकोमा सत्तारुढ पीटीआईलाई प्रश्न गरे, 'त्यस्ता व्यक्ति प्रधानमन्त्री इमरान खानले अविश्वासको संवैधानिक प्रस्तावको विरुद्धमा कुनै पनि कदम चाल्न सक्छ।'

'जसले जितमा विश्वास गर्छ उसले कहिल्यै लडाई चाहँदैन,' शाहबाजले भने, 'सबै पीटीआई सदस्यहरूलाई आफ्नो विवेक अनुसार मतदान गर्ने अधिकार हुनुपर्दछ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ