arrow

खुला सीमा दुरुपयोग नहोस् भन्नेमा चर्चा गरेका छाैं- मोदी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १९ शनिबार
modi-deuba-live-press.PNG

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्ताका क्रममा विभिन्न क्षेत्रमा सहकार्यका लागि छलफल भएको बताएका छन् । 

नेपाल र भारतको प्राचिन कालदेखि नै सम्बन्ध रहेको बताउँदै उनले भारतले नेपालको विकासमा सधैं सहयोग गर्ने बताएका छन् ।

भेटवार्तापछिको संयूक्त प्रत्रकारसम्मेलनमा बोल्दै भारतीय प्रधानमन्त्री मोदीले नेपालको हाइड्रो क्षेत्रबाट भरपुर लाभ उठाउनु पर्ने बताए । उनले पञ्चेश्वर परियोजना तीव्ररुपमा अघि बढाउन जोड दिएको बताएका छन् । यो परियोजना सो क्षेत्रको लागि गेम चेन्जर हुने मोदीको भनाइ छ । 

भारत र नेपालको खुला सीमाको दुरुपयोग नहोस् भन्ने बिषयमा समेत दुवै देशले चर्चा गरेको मोदीले बताएका छन् । यस्तै उनले नेपाल र बनारसको सदियौं पूरानो सम्बन्ध रहेको र कासीको नयाँ स्वरुप देखेर प्रधानमन्त्री देउवा त्यहाँ भ्रमणमा रहँदा प्रभावित हुने मोदीले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ