arrow

देउवा–मोदी वार्ता

सीमा विवाद समाधानका लागि देउवाले मोदीलाई गरे आग्रह 

मोदीलाई नेपाल भ्रमणको निम्तो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १९ शनिबार
modi-deuba-india-nepal.PNG

काठमाडौं । भारत भ्रमणमा रहेको प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । भेटवार्ताका क्रममा विभिन्न क्षेत्रमा सहकार्य एवं समन्वयका लागि कुराकानी भएको प्रधानमन्त्री देउवाले बताएका छन् ।

भेटवार्तापछिको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री देउवाले नेपाल र भारतबीच जलविद्युत, विकासनिमार्णलगायतका विभिन्न क्षेत्रमा सहकार्य एवं समन्वयका लागि कुराकानी भएको बताएका छन् ।

यस्तै पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री देउवाले सीमामा उत्पन्न समस्या द्विपक्षीय संयन्त्रमार्फत समाधानका लागि मोदीसँग आग्रह गरेको बताएका छन् ।

यस्तै प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणका लागि निम्तो समेत दिएका छन् । पत्रकार सम्मेलनमा बोल्दै देउवाले नेपालमा मोदीलाई स्वागत गर्न आफुहरु तयार रहेको बताएका हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देउवासँगको भेटवार्ताका क्रममा विभिन्न क्षेत्रमा सहकार्यका लागि छलफल भएको बताएका छन् । नेपाल र भारतको प्राचिन कालदेखि नै सम्बन्ध रहेको बताउँदै उनले भारतले नेपालको विकासमा सधैं सहयोग गर्ने बताएका छन् ।

भेटवार्तापछिको संयूक्त प्रत्रकारसम्मेलनमा बोल्दै भारतीय प्रधानमन्त्री मोदीले नेपालको हाइड्रो क्षेत्रबाट भरपुर लाभ उठाउनु पर्ने बताए । उनले पञ्चेश्वर परियोजना तीव्ररुपमा अघि बढाउन जोड दिएको बताएका छन् । यो परियोजना सो क्षेत्रको लागि गेम चेन्जर हुने मोदीको भनाइ छ । 

भारत र नेपालको खुला सीमाको दुरुपयोग नहोस् भन्ने बिषयमा समेत दुवै देशले चर्चा गरेको मोदीले बताएका छन् । यस्तै उनले नेपाल र बनारसको सदियौं पूरानो सम्बन्ध रहेको र कासीको नयाँ स्वरुप देखेर प्रधानमन्त्री देउवा त्यहाँ भ्रमणमा रहँदा प्रभावित हुने मोदीले बताएका छन् । 

द्धिपक्षीय भेटवार्तामा मुख्यरुपमा बहुराष्ट्रिय सोलार एलाइन्स, रेल क्षेत्र, पेटोलियम पदार्थ आपूर्ति र नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच प्रविधिक  विज्ञता आदानप्रदानसम्बन्धी गरी चार वटा सम्झौता भएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ