arrow

अष्ट्रेलिया निरीह, पाकिस्तानलाई श्रृंखला

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २० आइतबार
pakistan-australia-winner.jpg

काठमाडौं । पाकिस्तान भ्रमणमा रहेको अष्ट्रेलियाले एक दिवसीय क्रिकेट श्रृंखलामा निरीह प्रदर्शन गरेको छ । अष्ट्रेलिया तीन खेलको एक दिवसीय शृंखलामा २–१ ले पराजित भएको छ ।

शनिबार भएको तेस्रो तथा अन्तिम खेलमा पाकिस्तानले अष्ट्रेलियालाई ९ विकेटले पराजित गर्यो । लाहोरमा भएको खेलमा २ सय ११ रनको सामान्य लक्ष्य पाकितानले ३७.५ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्यो । 

कप्तान बाबर आजम १ सय १५ बलमा १२ चौका प्रहार गर्दा १ सय ५ रनमा अविजित रहे । यस्तै इमामुल हक १ सय बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ८९ रनमा अविजित रहे । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४१.५ ओभरमा अलआउट हुँदै मात्र २ सय १० रन बनायो । एलेक्स केरीले ५६ रन बनाएको इनिङ्समा हरिस रौफ र मोहमद वसिमले सामान ३–३ विकेट लिए । सहिन शाह अफ्रिदीले २ विकेट लिए । 

यसअघि पाकिस्तानले अष्ट्रेलियालाई दोस्रो एक दिवसीयमा ६ विकेटले पराजित गरेको थियो । पहिलो खेलमा भने अष्ट्रेलियाले पाकिस्तानलाई ८८ रनले पराजित गरेको थियो ।

खेलका प्लेयर अफ द म्याच तथा प्लेयर अफ द सिरिज पाकिस्तानका बाबर आजम घोषित भए । यो लामो समयपछि पाकिस्तानका लागि सुखदसमेत बनेको छ । 

लामो समयको अन्तरालपछि अष्ट्रेलिया पाकिस्तानमा आएको हो । दुवै टोलीबीचको एक मात्र टी–२० मंगलबार लाहोरमा हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ