arrow

भारतको लगानी अभिवृद्धि र व्यापार सहजीकरणका लागि नेपाली निजी क्षेत्रको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २० आइतबार
IMG-20220402-WA0002.jpg

काठमाडौं । नेपालमा भारतीय लगानी बढाउन र भारततर्फको निर्यात सहजीकरणका लागि सरकार र निजी क्षेत्र दुवैले भारतसँग आग्रह गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणकाक्रममा शनिबार भारतको नयां दिल्लीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपालमा लगानीको वातावरण सहज बनाउन आफू सधै तयार रहेको बताए । 

कुनै पनि मुलुक सरकार र निजी क्षेत्रको सहकार्य सहकार्यविना समृद्ध नहुने बताउँदै उनले त्यसका लागि वातावरण बनाउने बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग भ्रमणका क्रममा भएको सम्झौताले विद्युत आदान प्रदान र रेल सेवा संचालनमा सहयोग पुग्ने उनले बताए ।


कन्फिडरेसन अफ इन्डियन इन्डिष्ट्रिज (सीआईआई) ले आयोजना गरेको उक्त कार्यक्रममा प्रधानमन्त्री देउवाले सरकारले सबै आवश्यक नीतिगत सहजता प्रदान गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे । सीआईआई भारतमा महासंघको साझेदार संस्था हो । 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले जलविद्युत, पर्यटन, उत्पादनमूलक क्षेत्र र सूचना प्रविधि लगायतका सेवा क्षेत्रमा प्रशस्त सम्भावना रहेको बताए । 

यस्तो छ महासंघको विज्ञप्ति–



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ