arrow

अधिकारकर्मी डा विष्णुमाया परियार सम्मानित 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २० आइतबार
bishnu-maya-pariyar.jpg

काठमडौं । सामाजिक अभियन्ता, मानवधिकार, घरेलु हिंसा र दलित अधिकारको बारेमा राष्ट्रिय योगदान र अन्तराष्ट्रिय छवि भएकी डा. विष्णुमाया परियारलाई नेपाल आएको मौका पारेर त्रिवि दलित युनियनले सम्मान गरेको छ ।

दलित विद्यार्थी युनियन त्रिविको आयोजनमा त्रिवि परिसरमा भएको कार्यक्रममा डा परियारलाई सम्मान तथा बधाई ज्ञापन गरिएको हो । प्रसिद्ध अमेरिकी प्रकाशक म्याकग्रो हिलले डा लिसा राइट ओफ्नरद्वारा लिखित ‘द राइटर्स माइण्डसेट’ पुस्तकमा डा विष्णुमाया परियारको जीवन सङ्घर्षको कहानी प्रकाशन गरेको छ । 

दि राइटर्स माइण्डसेट पुस्तकको ६९२ पृष्ठमा विश्वका चर्चित ५२ जनाको जीवनी समावेश छ । जसमध्ये ५९१–५९४ बीच चार पृष्ठमा डा विष्णुमायाको जीवनी छ जसलाई विश्वका ११ सयभन्दा बढी स्कुल, कलेज र विश्वविद्यालयमा पढाइन्छ । 

अमेरिकाले २७ सेप्टेम्बरलाई विष्णु माया डे घोषणा गर्छ र भव्य सेलिब्रेट गर्छ । ‘हामी पनि हाम्री नेपाली चेलीलाई सम्मान गरौं । उहाँबाट प्रेरणा लिऔं । उहाँको बारेमा नेपालका शैक्षिक स्थलमा पनि पढाइ होस् भन्ने अभिप्रायले कार्यक्रम आयोजना गरिएको हो’, अनेरास्ववियु नेतृ दीपा नेपालीको भनाइ रहेको छ ।

शनिबार विपिन विश्वकर्माको सभापतित्व र  राधिका बोहोराले संचालन गरेको कार्यक्रममा कर्णाली प्रदेशका सांसद दानसिंह परियार र ‘आत्मसम्मान, मर्यादा,समता अनि सभ्यता सबैको बराबरी’ अभियानकर्मी  संजिव कार्कीले परियारलाई सम्मान गरेका हुन् । 

कार्यक्रमका वक्ता मीमबहादुर परियार र सांसद परियारले विष्णुमायाको जीवनी नेपालको शैक्षिक पाठ्यपुस्तकमा राख्नुपर्ने माग गरे । सम्मानित विष्णुमायाको संघर्ष, दुःख र सफलताको कहानी सुन्दा दर्शकदीर्घामा दुःख र हर्षको आँशु छचल्किएको थियो ।

स्वयं विष्णुमायासमेत आफ्ना दुःख सुनाउँदा भक्कानिएकी थिइन् । 

देश विदेशमा योगदान र नाम भएको मान्छेबारे राज्य बेखबर हुनु, राजनीतिक पार्टीहरू स्वयं दलितका सङ्घ संगठन मौन बस्नुमा दुःख लागेको प्रायः सहभागीको टिप्पणी थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ