arrow

नयाँ दिल्लीमा डिजेल कारमाथि लगाइएको प्रतिबन्ध हटाइने

logo
प्रकाशित २०७३ साउन २८ शुक्रबार
Diesel-vehicle.jpg.jpeg
नयाँ दिल्ली (भारत) । भारतीय उच्च अदालतले यसअघि राजधानी दिल्लीको वातावरण प्रदूषण नियन्त्रण प्रयासस्वरुप डिजेलबाट चल्ने ठूला कारमाथि लगाएको प्रतिबन्ध हटाउन शुक्रबार आदेश दिएको छ । 
 
उच्च अदालतले गरेको निर्णयलाई उच्च अदालतले सन् २०१५ को डिसेम्बरमा एक आदेश जारी गर्दै भारतीय राजधानी दिल्लीको वातावरण प्रदूषणमा डिजेल गाडी बढी जिम्मेवार भएको भन्दै दुई हजार सीसीमाथिको इन्जिन भएका गाडी बिक्रीमा रोक लगाइएको थियो । 
 
कार बिक्रीमा लगाइएको प्रतिबन्ध हटाइए पनि प्रदूषण नियन्त्रण गर्ने कार्यक्रममा सहयोग गर्न यस किसिमका गाडीका निर्माता वा बिक्रेतासँगबाट खुद्रा मुल्यको करमा थप एक प्रतिशत क्षतिपूर्ति कर लिनसक्ने गरी बिक्रीमा लगाइएको प्रतिबन्ध हटाइएको अदालतको निर्णयमा बताइएको छ । 
 
गत महिना वातावरणसम्बन्धी उच्च अदालतले नयाँ दिल्लीबाट १० वर्षभन्दा पुराना सबै डिजेलबाट चल्ने गाडीलाई राजधानीको सडकमा गुड्न रोक लगाउन आदेश दिएको थियो । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार विश्वका २० अति प्रदूषित सहरमध्ये १३ सहर भारतमा रहेका छन् । 
 
भारतमा वायु प्रदूषणका कारण प्रत्येक वर्ष छ लाख मानिसले अल्पआयुमा ज्यान गुमाउने गरेका बताइएको छ । सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ