- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
जनकपुरधाम। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी अझ बलियो हुँदै गएको बताएका छन् । आइतबार महोत्तरीमा प्राविधिक शिक्षालयको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले माओवादी सकियो भनिए पनि झन् बलियो हुँदै गएको सुनाए ।
सबैलाई अधिकार माओवादीले नै दिएको पनि अध्यक्ष प्रचण्डले बताए ।अध्यक्ष प्रचण्डले माओवादीले देशलाई सङ्कटबाट मुक्त गरेको, विकासको थालनी माओवादीले गरेको जानकारी गराए। आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा देशको आर्थिक ७ प्रतिशत पुगाएको स्मरण गर्दै उनले देशका उत्कृष्ट स्थानीय तहमा माओवादी केन्द्रले नेतृत्व गरिरहेको समेत बताए ।
देश भित्र तथा बाहिरका प्रतिक्रियावादीहरुले प्रतिगमनकारीको विरुद्ध बनेको गठबन्धनलाई भत्काउन खोजे पनि त्यो सफल नहुने बताए। उनले भने,' देश भित्र तथा बाहिरका प्रतिक्रियावादीहरू गठबन्धन भत्काउन लागे पनि सफल हुँदैनन् । प्रतिगमनलाई परास्त गरेका छौं ।'
अध्यक्ष प्रचण्डले प्रतिगमनकारीविरुद्ध भएको गठबन्धन कायम रहिरहने जानकारी गराए। 'अब हामी गणतन्त्रको रक्षा, संविधानको रक्षा र शान्ति प्रक्रियाका बिकी काम सक्ने छौं ।'
अध्यक्ष प्रचण्डले अबको स्थानीय तहको निर्वाचनमा पनि माओवादी केन्द्रलाई विजय गराउनु पर्ने र माओवादीले स्थानीय सरकारबाट समाजमा विकासको आधार तयार गर्ने पनि बताएका हुन् ।
माओवादीले गरेका राम्रा कामको प्रचार गरेर स्थानीय तहको निर्वाचनमा घर घरमा जानु पर्ने बताए ।