arrow

थिति बसाल्न संघर्ष

एमडी नियुक्तिमा तलमाथि गरे कडा कदम चाल्ने वर्कर्स युनियनको चेतावनी

टेलिकममा एमडी नियुक्त गर्दा शक्तिकेन्द्रको प्रभावमा नपर्न चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २१ सोमबार
Nepal-Telecom-NTC.png

काठमाडौं । नेपाल टेलिकम वर्कर्स युनियन (एनटीसीडब्ल्यूयू)ले कुनै शक्तिकेन्द्रको निर्देशन वा प्रभावमा नपरी टेलिकममा प्रबन्ध निर्देशक (एमडी)नियुक्त गर्न आग्रह गरेको छ । एमडी नियुक्ति प्रक्रिया अघि बढेका बेला टेलिकममा विवादित मान्छे ल्याउन खोजेको भन्दै कर्मचारी पक्षले आपत्ति जनाएको हो ।

नेपाल टेलिकमको एमडी नियुक्ति र सेवा सुविधा सम्बन्धी निर्देशिका नै फेरेर मिलीभगतका साथ नेपाली जनताको नासो र सम्पत्तिमाथि खेलबाड नगर्न समेत युनियनले चेतावनी दिएको छ ।

युनियनले कम्पनीमा लामो समय सेवा गरेर दूरसञ्चार क्षेत्रमा विशेषज्ञता हासिल गर्दै संस्थाको विकास र विस्तारमा संलग्न रही हरेक प्रकारका समस्याहरू बुझी समाधानका उपायहरू अवलम्बन गरेका वरिष्ठ व्यक्ति नै उत्तम हुने भन्दै सोही अनुरूप एमडी नियुक्त गर्न आग्रह गरेको छ ।

युनियनका महासचिव महेश्वर खड्काद्वारा जारी विज्ञप्तिमा कम्पनी र राज्यको अहित हुने गरी नियुक्ति गरियो भने जस्तोसुकै कदम चाल्न तयार रहेको भन्दै युनियनले कडा चेतावनी दिएको छ ।

यस्तो छ विज्ञप्ती:



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ