arrow

वीर अस्पतालको ओटी लाइट र युरोलोजी सामानको टेन्डरमा सेटिङ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २१ सोमबार
NAMS-bir-hospital.jpg

काठमाडौं । नेपालको सबैभन्दा पुरानो अस्पताल वीर अस्पतालमा सामान टेन्डरमा सेटिङ भएको खुलासा भएको छ । अस्पतालको ओटी लाइट र युरोलोजी सामानको टेन्डरमा सेटिङ भएको खुलासा भएको हो । 

अस्पतालले गत मार्च १० तारिखमा पाँच करोडको १० वटा ओटी लाइट आईएफबी नम्बरः एनएएमएस–एनसीबी–७८–७९–४३ को टेन्डर आह्वान गरेको थियो । 

सो टेन्डर आह्वान अगाडि अस्पतालले स्पेक बनाउन युरोलोजी विभागका डा अनिल श्रेष्ठलाई जिम्मा दिइएको थियो । उनले आफूलाई कमिशन दिने अलाइन्सी फर्मलाई मात्र हुने गरी केएलएस कम्पनीले टेन्डर पाउने गरी स्पेफिकेशन बनाएपछि सेटिङको खुलासा भएको हो । 

अन्य व्यापारीहरुले आफूहरूलाई टेन्डर फाराम भर्न नपाउने गरी स्पेफिकेशन बनाएको भन्दै डा अनिलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सम्पति शुद्धीकरण विभाग र सार्वजनिक खरिद अनुगमन कार्यालयमा उजुरी दिनेसमेत बताएका छन् । 

गत मार्च २९ तारिखमा अस्पतालले प्रि–बिड मिटिङ राखेर सबै व्यापारीको रायसमेत बुझेको थियो । सो मिटिङको सुझाव विपरीत डा अनिल श्रेष्ठले पुनः आफ्नै फर्मलाई हुने गरी केही बुँदा थप गरेपछि अस्पतालको टेन्डर झन् विवादित बन्न पुगेको छ ।

खरिद एकाईका एक कर्मचारीले आक्रोशित हुँदै भने, ‘यो त डा अनिलको हाकाहाकी दादागिरी भो किन टेन्डर गर्नु सिधै डा अनिललाई पेमेन्ट दिए भैगोनि ।’

डा अनिल श्रेष्ठ

युरोलोजी सर्जिकलको चार करोडको सामानमा पनि डा अनिल र खरिद एकाइका शाखा अधिकृत डमरु दाहालले टेन्डर हुनु भन्दा पहिले नै व्यापारीसँग कमिशन लिँदै होटल होटलमा गई स्पेक बनाइ अस्पताल प्रशासनलाई दबाब दिइ सोही अनुसार टेन्डर आह्वान गर्ने गरेका थिए । 

डा अनिल वीर अस्पतालको युरो विभागमा आउने बिरामीलाई अस्पताल बेड छैन भन्दै आफूले बाहिर काम गर्ने बीएण्डबी, मेडिसिटीलगायत अस्पतालमा बोलाई लाखौं महङ्गोमा अपरेशन गर्ने गरेको पीडितको आरोप छ । वीर अस्पतालमासमेत उनलाई बिरामी बेच्ने डाक्टर भनेर चिनिने एक कर्मचारीको आरोप छ । 

यता खरिद एकाईका डमरु दाहाललाई भने अस्पतालमा हुने टेन्डर डेन्टल, एनेस्थेसिया, ओटी टेबल, ओटी लाइट, सीटी, युरोलगायतको पहिले आफू निटक व्यापारीलाई भनी होटल होटलमा गइ स्पेक मिलाउने गरेको आरोप छ । 

डमरु दाहाल

उनले अस्पताल प्रशासनलाई गुमराहमा राखी कमाउ गरिरहेको दाबी गरिएको छ । वीर अस्पताल प्रशासन स्रोतका अनुसार डमरु र डा अनिललाई कारबाही स्वरुप सामान्य प्रशासन र स्वास्थ्य मन्त्रालयमा अनुरोध गर्ने तयारी गरिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ