arrow

पोखरा-जनकपुर सिधा उडान शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २१ सोमबार
buddha air.jpg
फाइल तस्वीर

पोखरा । पर्यटकीय नगरी पोखराबाट जनकपुरको सिधा उडान सोमबारदेखि शुरु भएको छ । बुद्ध एयरले हप्ताको तीन दिन उडान गर्ने गरी उडान थालेको हो । पोखरा-जनकपुर प्रत्येक हप्ता शनिबार, सोमबार र बुधबार उडान गरिने बुद्धका पोखरास्थित स्टेशन म्यानेजर गौतम बरालले जानकारी दिए ।

पहिलो चरणमा हप्तामा तीन दिन र यात्रु संख्या बढ्दै गएमा दैनिक उडान गर्ने बुद्धको योजना रहेको बताउँदै उनले हालका लागि १८ सिट क्षमताको जहाजबाट उडान थालिएको जानकारी दिए ।

पहिलो उडानमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सहितको टोली आज जनकपुर गएको छ । ५० मिनेटको हवाई यात्रा हुने पोखरा-जनकपुरको उडानमा प्रतियात्रु सबैभन्दा बढी रु नौ हजार ३६० र सबैभन्दा कम रु चार हजार १०० भाडा निर्धारण गरिएको छ । 

उडानसँगै दुई शहरबीचको प्राकृतिक र सांस्कृतिक पर्यटन प्रवर्द्धनमा सहयोग पुुग्ने विश्वास लिइएको छ । बुद्ध एयरले केही दिन अघिमात्र पोखराबाट सुदूरपश्चिमको धनगढीसम्म पनि उडान शुरु गरेको थियो । 

यस्तै, काठमाडौँसँगै भरतपुर, भैरहवा, नेपालगञ्ज, सिमरासम्म उडान गरिरहेको बुद्ध एयरले आगामी केही समयभित्रै पोखराबाट विराटनगर र भद्रपुरसम्म पनि उडान गर्ने तयारी गरेको छ ।

पहिलो उडानमा सहभागी बन्नुभएका गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले अन्तरप्रदेश हवाई सञ्जालले पर्यटन प्रवद्र्धनमा सघाउने विश्वास व्यक्त गरे । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको निमन्त्रणमा तीनदिने भ्रमणका लागि मुख्यमन्त्रीसहितको टोली जनकपुर गएको हो । गण्डकीका मुख्यमन्त्री पोखरेलको निमन्त्रणामा गत असोज ६ गते मधेस प्रदेशका मुख्यमन्त्री राउत नेतृत्व टोलीले पोखराको भ्रमण गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ