arrow

पोखरामा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २२ मंगलबार
accident-1.jpg

पोखरा । पोखरामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं. १ का २० वर्षीय किशोर कठायत रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका कठायतको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

पोखरा महानगरपालिका वडा नं. ६ खहरेमा बागमती प्रदेश ०२ ०२९ प ०९३७ नं. को मोटरसाइकल बिहान पौने ४ बजेतिर अनियन्त्रित भएर पल्टिँदा दुर्घटना भएको कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ