arrow

राष्ट्रपतिबाट पाँच अध्यादेश जारी 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २२ मंगलबार
vidya-devi-bhandari-final.jpg

राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच वटा अध्यादेश जारी गरेकी छिन् ।  

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार मन्त्रिपरिषदको सिफारिसअनुसार यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ जारी गरिएको हो । 

त्यस्तै सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८ तथा नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य संचालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरिएको हो । 

  
 



नयाँ