arrow

अनियन्त्रित इन्धनको मूल्यवृद्धिः पेट्रोल १६० र ग्यास १६ सय 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २३ बुधबार
nepal-oil-corporation.jpg.jpeg

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रति लिटर समान ५ रुपैयाँले बढाएको हो । योसँगै अब पेट्रोलको मूल्य प्रति लिटर १६० रुपैयाँ पुगेको छ भने डिजल र मट्टितेलको मूल्य प्रति लिटर १४३ रुपैयाँ पुगेको छ ।

यस्तै खाना पकाउने ग्यासमा पनि मूल्यवृद्धि गरिएको छ । ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँ बढाइएको छ । यसअघि १५ सय ७५ रुपैयाँ रहेको ग्यासको मूल्य अब १६ सय रुपैयाँ पुगेको छ ।

निगमले ठूलो घाटा बेहोर्नु परेको भन्दै स्वचालित मूल्य प्रणाली बनाउने तयारी पनि गरेको छ । मंगलबार अर्थ मन्त्रालयमा भएको छलफलमा स्वचालित मूल्य बनाउने विषयमा छलफल भएको हो । 

स्वचालित मूल्य प्रणाली लागू भए अन्तर्राष्ट्रिय बजार अनुसार मूल्य स्वतः थपघट हुने छ । यदि यो प्रणाली लागू भयो भने पेट्रोलको मूल्य १८० रुपैयाँ बढी पुग्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ